ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योगमा नयाँ महाप्रबन्धक गोपीकृष्ण न्यौपाने आएको १ बर्ष पुगेको छ । महाप्रबन्धक न्यौपानेले कार्यभार सम्हालेको एक बर्षको अवधिमा गरेको कार्य प्रगतिको उद्योगले सार्वजानिक गरेको छ । उद्योगले जारी गरेको प्रेस विज्ञप्तीमा उद्योगको समग्र अवस्थामा उल्लेख्य सुधार हुनुका साथै उद्योगलाई दीर्घकालिन रूपमा सञ्चालनको सबै किसिमका सहजता आधार तयार भएको उल्लेख गरेको छ ।
उद्योगका अनुसार उद्योगको उत्पादन, बिक्री, वित्तीय व्यवस्थापन लगायत सूसासनको क्षेत्रमा गरेका उल्लेख्य प्रगति भएको छ ।
१. उत्पादन र बिक्रिस् कोइला तथा कच्चापदार्थ अभावको कारणले बन्द प्रायः रहेको उद्योगमा तत्काल आवश्यक व्यवस्थापन गरि माघ महिना देखिनै सूचारु रुपमा संचालन गरिएको थियो । फलस्वरूप २०७७ माघदेखि २०७८ पौष मसान्त सम्म एक वर्षको क्लिंकर उत्पादन, बिक्रि परिमाण तथा बिक्री आम्दानी निम्नानुसार रहेको छ :
क्लिंकर उत्पादन परिमाण : १,०४,१८५ मे टन
सिमेण्ट बिक्रि परिमाण : १९,६९,३८३ बोरा
सिमेण्ट बिक्री रकम : १ अर्ब २८ करोड ५७ लाख ८७ हजार
त्यसैगरी आ. व. २०७८/७९ को लागि संचालक समितिले स्वीकृत गरेको बजेट लक्ष्य अनुसार २०७८ श्रावण देखि पौष महिना सम्म ६ महिनाको उत्पादन तथा बिक्रि बिबरण देहाय बमोजिम रहेको छ :
२. सूशासन सहित यो एक बर्षमा महाप्रबन्धकको नेतृत्वमा भएका मूख्य मूख्य उपलब्धिहरू :
क) यस आर्थिक वर्षमा उल्लिखित बिक्रीबाट मूल्य अभिवृद्धिकर वापत रू. ७ करोड ९१ लाख २ हजार २ सय ९३ रुपैयाँ अन्तः शुल्क वापत रू. ९९ लाख ३८ हजार ८ सय ९६ रुपैया टिडीएस तथा अन्य कर वापत रू. ८२ लाख ६९ हजार ३ सय २८ रुपैया विद्युत महशुल वापत रू. १३ करोड २४ लाख ६ हजार ५४ रुपैया गरी राजश्व तथा महशुल वापत रू. २२ करोड ९७ लाख १६ हजार ५ सय ६१ रुपैया भुक्तानी गरी योगदान गरेको छ ।
ख) गत वर्ष सिमेण्ट मिलबाट प्रति घण्टा २० मे. टनका दरले उत्पादन भई रहेकोमा मर्मत संभार पश्चात यस आर्थिक वर्षमा प्रति घण्टा ४३ मे. टनका दरले उत्पादन भएको छ । यसबाट उत्पादन वढनुका साथै विद्युत खपतमा समेत मितव्ययिता भएको छ।

ग) यस वर्ष कच्चा पदार्थ पिस्ने मिलमा लगाईएको तीनबटा रोलर मध्ये एकबटा विगत केही बर्षदेखि बिग्रीएर संचालनमा नआएको करण रमिलको उत्पादन कम भई रहेकोमा यस वर्ष उक्त बिग्रिएको रोलर मर्मत तथा रमिलमा जापानबाट सेलोनाइड भल्व आयात गरी फेरे पश्चात रमिल उत्पादनमा उल्लेख्य प्रगति विद्युत खपतमा समेत मितव्ययिता भएको छ । जिविएफ फ्यानमा नयाँ मोटर जडान गरी संचालन गरिएको छ । एसपि फ्यानको लागि एक थान मोटर २ करोड रुपैयामा खरिद गरी स्टकमा राखिएको छ । तीन वर्ष अधि यो मोटरमा समस्या आउदा लामो समय उद्योग बन्द गर्नु परेको थियो ।
घ) उद्योगमा कोइला यार्डबाट कोइला हपर सम्म लैजाने बेल्ट कन्भेयर नभएको कारण कोइला खेर गै रहेकोले इनहाउसमा नै कोल सेन्डिङ्ग कन्भेयर सिष्टम निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । यस्को निर्मण पश्चात कोल यार्डबाट सिधै कोल हपरमा कोइल जाने भएकोले नोक्सानी नभै सवै कोइला प्रयोग हुने रहेको छ 
ङ) कच्चापदार्थको आपूर्ति गर्दा सप्लायर्सलाई बैकबाट चेक मार्फत भुक्तानी गर्नुपर्नेमा भुक्तानी बापत सिमेण्ट दिने र हिसाब मिलान गर्ने व्यवस्थाको अन्त्य गरिएको । कुनै सप्लायर्सले सिमेण्ट लान चाहेमा अनिवार्य रुपमा नगद जम्मा गर्नैपर्ने ब्यवस्था गरिएकोले आम उद्योगका अधिकृत बिक्रेताहरुमा सकारात्मक असर परेको ।
च) २०७७ साल माघ महिनामा कमिटी गठन गरि पौष मसान्तसम्मको स्टक मौज्दातको भौतिक परीक्षण गर्दा क्लिंकरको परिमाणमा लेखामा रहेको स्टक परिमाण र वास्तविक भौतिक परीक्षणको क्रममा रहेको वास्तविक परिमाणमा ३७,६४० मे. टन कम देखिएकोले यसको सम्बन्धमा तथ्यसत्त्य छानबिन गर्न संचालक समितिमा पेस भइ संचालक स्तरीय एक कमिटी गठन भइ छानबिनको क्रममा रहेको छ ।
छ) लोडसेडिङको समयमा उद्योगको डेडिकेटेड फिडर बाट गाउँघरमा समेत बिद्युत आपूर्ति गरिएकोमा लोडसेडिङ्ग अन्त भैसक्दा पनि उक्त बिद्युत आपूर्ति नियमित भैरहदा उद्योगलाई बार्षिक ५० लाख जति नोक्सानी भैरहेकोमा जिल्ला प्रशासनको सहायताबाट २०७७ माघ देखिनै कटौती गरि अनावश्यक खर्च रोकिएको ।
ज) लामो समयदेखि वक्यौता रहेको विद्युत महसुल डेडिकेटेड फिडर बापत बढी तिरेको महसुलसंग मिलान गरिदिन पहल गरि पत्राचार भएको । २०७७ साल चैत महिना देखि नियमित भुक्तानी गरिएको ।
झ) २०७७ साल पौष मसान्त सम्मको रू. ६५ करोड ८२ लाख दायित्त्व मध्ये बिद्युत महसुल रू. १८ करोड ५२ लाख बाहेक अन्य भुक्तानी नियमित गर्दै रू. ३१ करोड ११ लाख भुक्तानी भएको । यसमा लगभग रू. १३ करोड राजस्व बक्यौता रहेकोमा रू. ४ करोड समेत भुक्तानी भैसकेको छ ।
ञ) कोइला खरिदमा बोलपत्रको माध्यमबाट प्रतिष्पर्धा गराइनुको साथै गुणस्तरमा समेत ध्यान दिएको परिणामस्वरूप पहिले १ टन कोइलाबाट ३.५ मे । टन क्लिंकर पाक्ने गरेकोमा अहिले १ टन कोइलाबाट ५ टन पाक्न थालेको छ । यसबाट खर्च मितव्ययिता भएको छ । त्यसैगरी अन्य खरिद समेत बोलपत्रको माध्यमबाट गर्ने गरिएको छ । यस अघि उद्योगकै वेबसाईट मार्फत प्रतिष्पर्धा गराउने गरिएकोमा पछिल्लो समयमा पिपिएमओ को वेबसाईट मार्फत नै प्रतिष्पर्धा गराउने ब्यवस्था मिलाइएको छ ।
ट) नेपाल सरकारबाट आरएसपी प्रविधि जडान गर्न दिएको अनुदान रू. १ करोड ४९ लाख ६५ हजार रकम समेत अन्य खर्च भुक्तानी गरेको पाइएकोले सो रकमलाई मुद्दती खातामा राख्ने काम भएको छ ।
ठ) आरएसपी जडान गर्नका लागि अध्ययन गर्न कन्सल्टेन्सी नियुक्त भइ अध्ययनको अन्तिम चरणमा रहेको छ । यसका लागि संचालक समितिले अनुमानित लागत रू. ५० करोड स्वीकृत गरेकोमा आन्तरिक स्रोतबाट रू. १० करोड र नेपाल सरकारबाट अनुदान वा ऋण वा कुनै बाणिज्य बैकबाट ऋण स्वरुप रू. ४० करोड व्यवस्थापन गर्ने निर्णय भए बमोजिम पत्राचार भइ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अर्थ मन्त्रालयमा सिफारिस समेत भइ कार्यान्वयनको सिलसिलामा रहेको छ । जीर्ण रहेको क्लिन सेल २० मिटर फेर्नको लागि बोलपत्र भै रू. ६ करोड ८ लाखमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता सम्पन्न भै कार्यान्वयनको स्थितिमा रहेको छ ।
ड) आर्थिक वर्ष २०६३/६४ देखि २०७६/७७ सम्म १४ वर्षको वार्षिक साधारण सभा सम्पन्न गरि २०४४/४५ देखिको सम्पूर्ण विवरण कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गराइ शेयरधनी लगत, प्रवन्ध पत्र नियमावलीमा संशोधन, पुंजी बृद्धी गरी अधिकृत पूँजी १० अर्व कायम गर्ने कार्यहरु सम्पन्न भएका छन, कम्पनीको अस्तित्वनै समाप्त भएको अवस्थामा यी कार्यहरु अद्यावधिक हुनुले कम्पनी कायम भइ नियमितता हुन गएको कुरा सबैभन्दा महत्त्वपूर्ण उपलब्धिको रुपमा रहेको छ ।
ढ) विगत केही वर्ष देखि आन्तरिक लेखापरीक्षण हुने नगरेकोमा आन्तरिक लेखापरीक्षण नियमित हुन शुरु भएको छ । इआरपी सिष्टमलाई स्तरोन्नति गरिएको छ । अर्थ मन्त्रालयको निर्देशन अनुसार आ. व. २०७७/७८ को वित्तीय विवरण मूल्यांकनकर्ताबाट मूल्यांकन गराई एनएफआरएस बमोजिम तयार गरी अन्तिम लेखापरीक्षणको भैरहेको छ ।
ण) संगठन तथा व्यवस्थापन सर्भे गराई ५३३ जना जनशक्तिबाट उद्योग संचालन गर्ने वातावरण बनाइएको छ । बढुवा तथा पदपूर्ति समिति गठन गरिएको छ । सो समितिले पूर्णता प्राप्त गरेपछि रिक्त दरबन्दीको पदपूर्ति व्यवस्था मिलाइने छ । हाल रिक्त दरबन्दीमा जिल्ला दररेटको आधारमा भुक्तानी दिने गरी दैनिक ज्यालादारीबाट उद्योग संचालन गरिदै आइएको अवस्था छ । दैनिक ज्यालादारीलाई १५/१५ दिनको लागि राख्ने र भुक्तानी पनि सिधै उनीहरुकै खातामा सोही समयमा गर्ने गरिएकोले ठेका प्रथा भन्दा यसरी लगाइएको कारण उत्पादनमा सकारात्मक प्रभाव परेको र ज्यालादारीलाई आर्थिक लाभ समेत रहेको व्यहोरा जानकारी गराउदछु । सूरक्षाकर्मी र सरसफाइकर्मी ठेक्का प्रथाबाट र अन्य दैनिक ज्यालादारीबाट उद्योग संचालन भएको छ । आ-आफ्नो विभागले पूर्व स्वीकृतिको आधारमा सो विभागलाई आवश्यक कर्मचारी ज्यालादारीमा राख्नेगरी विभागीय प्रमुखलाई अख्तियार प्रत्यायोजन गरिएको छ ।
त) पावरप्याकको मुद्दा मध्यस्थतामा बिचाराधिन रहेको छ । सर्वो भोल्टेज स्टेवलाइजरको मुद्दा सप्लायर्सले दुई तहबाट जिती उद्योगको ३३ बिगाह जग्गा रोक्का राखेकोमा अदालतको आदेश अनुसार २ कठ्ठा १७ धुर लिलाम भै निज सप्लायर्सको नाममा जाने अवस्था बुझी सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराइ यी सबै कार्यहरु बदर गरी गैसकेको २ कठ्ठा १७ धुर जग्गा समेत ३३ बिगाह जग्गा रोक्का फुकुवा गर्न सफल भइएको अवस्था छ । केही करका सैद्धान्तिक मुद्दाहरु आन्तरिक राजश्व विभागमा बिचाराधिन रहेका र केही अन्य मुद्दाहरु सम्बन्धित अदालतमा बिचाराधिन रहेका छन ।
थ) रातोमाटो हाल आँपसोता बाट ढुवानी गरी ल्याइदै गरेकोमा यस उद्योगलाई नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले उद्योग खुल्दानै दिएको बेल्टारस्थित खानीबाट समेत ढुवानी
गर्ने सम्बन्धमा पहल भैरहेको छ ।
द) उद्योगको जग्गाको हालसाबिक गर्ने कार्य सम्पन्न भएको छ र एकीकृत कित्ता कायम गरी सिमाङ्कन गर्ने कार्यमा उद्योग व्यवस्थापनले प्राथमिकतामा राखेको छ ।
ध) बर्षौदेखि सम्पत्तिको बीमा नहुंदा जोखीम बढेको देखिएकोले मूख्यमूख्य सम्पत्तिको बीमा गरी जोखिम कम गर्ने प्रयास भएको छ ।
न) उद्योगले कोभिडको समयमा अक्सिजन उपलब्ध गराई र हाल देउरी स्वास्थ्य चौकीलाई उद्योगका कर्मचारी तथा स्थानीय बासिन्दाहरुको हितलाई ध्यानमा राखी लिपिड प्रोफाइलसम्म टेष्ट गर्ने प्रयोगशाला तथा एम्बुलेन्स उपलब्ध गराउन विभिन्न स्रोत जुटाइ हस्तान्तरण कार्यक्रम यही माघ महिना भित्र सम्पन्न गर्नेगरी कार्य भैरहेको छ ।
ऩ) सुरक्षित रही उद्योग संचालन नीतिमा जोड दिएको छ । यसको लागि न्यूनतम स्वास्थ्य मापदण्ड अपनाइएको छ ।
प) २०७७ पौष अघि अवकाश प्राप्त २१ जना कर्मचारीहरूलाई उपदान, औषधि उपचार तथा बिदा मुआब्जा आदि बापत रु. ७ करोड ५ लाख २९ हजार र २०७७ माघ पछि अवकाश प्राप्त २३ जना कर्मचारी मध्ये मृत्यु भएका ३ जनाको हकमा उपदान, औषधि उपचारको लागि रु. १ करोड ५ लाख ४३ हजार र अन्य १८ जना कर्मचारीको हकमा औषधि उपचारको रकम रु. १ करोड १८ लाख गरि कुल रु. २ करोड २३ लाख भुक्तानी गरिएको छ । बाँकी उपदानको हकमा रकम व्यवस्थापन गर्दै जेष्ठताको आधारमा क्रमश: भुक्तानी गर्दै जाने नीति लिइए बमोजिम ४ जना कर्मचारीको १करोड ४० लाख गरी जम्मा कर्मचारीहरुको अवकाश सुविधामा रु. १० करोड ६८ लाख ७२ हजार भुक्तानी गरिएको छ।
फ) गेट, अगाडिको भागको पर्खाल संरचना, भवन, क्याण्टिन , खानेपानी, सौचालय, बगैंचा आदिको सरसफाइ तथा व्यवस्थापन गरिएको छ ।
ब) मागफाराम देखि सामान जाँचपास गर्दा तलदेखि माथिसम्म पिरामिड शैलीमा स्वीकृत गर्ने ब्यवस्थाले पारदर्शिता कायम गर्न मद्दत गरेको छ । नियमित एक घण्टाको उच्चस्तरीय बैठकले उद्योग संचालन गर्न सहज बनेको छ ।
भ) पत्रु व्यवस्थापन : उद्योग परिसर र सुकौरा क्षेत्रमा यत्रतत्र छरिएर रहेका पत्रुहरु संकलन गर्ने कमिटी बनाई मुल्यांकन कमिटीबाट मुल्यांकन गराई प्रचलित कानुन बमोजिम सूचना प्रकाशित गरि रु. ५ करोड ४९ लाखमा लिलाम भै हस्तान्तरण कमिटी मार्फत कार्यान्वयनको अन्तिम चरणमा रहेको छ ।
म) आ. ब. २०७८/७९ को बजेट संचालक समितिले स्वीकृत गरि बजेटको अधिनमा रही कार्यान्वयन भैरहेको छ । गत माघ देखि हालसम्म धेरै मेसिनहरु मर्मत संभार भएका छन । यो बर्ष २४ लाख बोरा सिमेण्ट बिक्रि गर्ने लक्ष्य राखिएकोमा पौष मसान्तसम्म लक्ष्य भन्दा बढी बिक्रि गर्न सफल भइएकोले लक्ष्य पूरा भएमा यसै बर्ष देखि उद्योग नाफामा जानसक्ने गरी बजेट तर्जूमा भएको छ ।

३. बिक्रि प्रवर्द्धनस् अधिकृत बिक्रेताहरुलाई इन्सेन्टिभको व्यवस्था गर्दै बिक्रि नीति तथा कार्यविधी, २०७७ लागू गरिएको । सोसल मिडिया मार्फत गैंडा सिमेण्टको व्यापक प्रचारप्रसार गरिएको । सबै अधिकृत बिक्रेताहरुको पसलमा डिजिटल बोर्ड राखिएको छ ।
४. अल्पकालीन तथा दीर्घकालीन उद्देश्य : उद्योगको अल्पकालीन उद्देश्यमा उद्योगको दैनिक क्षमता ८०० मे. टन लाई प्राप्ति गर्दै क्षमता बिस्तार गरी ११०० मे. टन पुर्याई अन्य उद्योगसंग प्रतिस्पर्धी हुदै उद्योगका कर्मचारीहरुको निकट भविष्यको अरवौ रुपैयाँ दायित्व उद्योग स्वयंको कमाइबाट तिर्न सकिने गरी नाफामा लैजाने रहेको छ भने दीर्घकालीन उद्देश्यमा उद्योगको खानीलाई तीस बर्षमा सक्नेगरी आम जनसमुदायको सहभागितामा अर्को एउटा प्लाण्ट स्थापना गरी राजस्व र रोजगारीको प्रमुख श्रोत बनाउन सकिने बारेमा अध्ययन भैरहेको छ ।
अन्तमा, यो उपलब्धि हासिल गर्न उद्योगको संचालक समिति, उद्योग व्यवस्थापन, उद्योगका आम कर्मचारी मित्रहरु, क्रियाशिल ट्रेड युनियनहरु, नियमनकारी निकायहरू, स्थानीय बासिन्दा, सम्पूर्ण राजनितिक दलहरु, स्थानीय निकायहरु, संचारकर्मी मित्रहरु लगायत आम जनसमुदाय प्रति अनुग्रहित हुँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
लक्ष्मण पोखरेल कमल प्रसाद पौडेल
प्रवक्ता प्रशासन महाशाखा प्रमुख