ई–आर्थिक, विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकहरूविरुद्ध ठगी मुद्दा दायर भएको छ ।
सहकारी ऐन विपरीत बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मंगलबार ठगीमा मुद्दा दायर गरेको हो । फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, संचालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा र पक्राउ परेका तुलसी
सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर भएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका लेखा परीक्षण गर्ने सिए शितल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबाउने निर्णय गरेको छ । उनले गरेको कामा कारवाही विधिसंगत देखिएपछि चन्दको हकमा मुद्दा नचलाउने निर्णय भएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
बुधबारदेखि प्रतिवादीहरुको बयान सुरु हुनेछ । बयान सकिए सोहीदिन थुनछेक बहस हुनेछ ।