२०८३ साउन ११ सोमबार

उर्जा उद्यमी न्यौपाने र प्रधानले इन्साइडर ट्रेडिङमार्फत अवैधरूपमा सेयर कारोबार गरेको ठहर, न्यौपाने विरुद्ध तीन करोड बिगोसहित मुद्दा दायर

ई आर्थिक    शुक्रबार, चैत्र १० २०७९
5.5K
Shares
उर्जा उद्यमी न्यौपाने र प्रधानले इन्साइडर ट्रेडिङमार्फत अवैधरूपमा सेयर कारोबार गरेको ठहर, न्यौपाने विरुद्ध तीन करोड बिगोसहित मुद्दा दायर

ई–आर्थिक, काठमाडौं । ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा रु. तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ ।

धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उक्त मुद्दा दायर गरेको हो ।

नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो । रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा न्यौपानेले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट रु तीन करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरूपमा सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २०७९ मङ्सिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अनुसन्धानपछि न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij