२०८३ साउन ९ शनिबार

चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा दुर्गाप्रसाद भण्डारी, उद्योग वाणिज्य संघमा काम गरेको अनुभव

ई आर्थिक    आइतबार, फाल्गुन १४ २०७९
8.8K
Shares
चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा दुर्गाप्रसाद भण्डारी, उद्योग वाणिज्य संघमा काम गरेको अनुभव

ई–आर्थिक, गुल्मी । चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व चयन भएको छ । यहाँ सम्पन्न अधिवेशनले चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा दुर्गाप्रसाद पाण्डेलाई सर्वसम्मत चयन गरेको हो।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डे, सीता विश्वकर्मा चयन भएका छन् । महासचिवमा यज्ञप्रसाद पन्थी, सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे र हरिकिरण ठकुरी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा युवराज पाण्डे र सहकोषाध्यक्षमा कमल अर्याल चयन भएको निवर्तमान महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा निर्वाचित पाण्डेले यसअघि उद्योग वाणिज्य संघ गुल्मीको अध्यक्ष पदमा रहेर काम गरेका थिए। अधिवेशनको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले व्यवसायी सङ्कटमा परेकाले आफूहरूले त्यसमा ध्यान दिने बताएका थिए । चेम्बर अफ कमर्स गुल्मीमा २५१ जना व्यवसायी आबद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij