२०८३ साउन १० आइतबार

पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान छिट्टै

ई आर्थिक    सोमबार, फाल्गुन ८ २०७९
4.1K
Shares
पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान छिट्टै

ई–आर्थिक, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान शुरू हुने भएको छ । पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द रहेको उक्त विमानस्थलबाट पहिला नियमित उडान गर्दै आएको जजिरा एयरवेजले उडान गर्ने भएको हो । जजिराको उडान पुनः शुरू हुनुअघि सोमवार एउटा चार्टर्ड उडान हुँदै छ ।

उक्त विमानस्थलमा क्यानेडेली एयरलाइन्सले चार्टर्ड उडान गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले आइतवार चार्टर्ड उडान गरेर आउने भनिए पनि विविध कारणले रोकिएको र सोमवार आउने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार मौसममा सुधार र अन्य प्राविधिक कुरामा सुधार भएसँगै जजिरा एयरवेजले उडान गर्ने समय मागेको छ ।

जजिराले फागुन २५ गते बिहानदेखि उडान गर्नेछ । अहिले आन्तरिक उडान मात्रै हुँदै आएको उक्त विमानस्थलबाट जजिरा एयरवेजले मंगलवार, बिहीवार र शुक्रवार उडान गर्नेछ । यसअघि पनि जजिराले सातामा तीन उडान गर्दै आएको थियो । मौसम प्रतिकूलताको कारण उक्त एयरलाइन्सले गौतमबुद्ध–कुवेत उडान रोकेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा जाँदा यही विमानस्थल प्रयोग गर्ने पनि दाहालले जानकारी दिए । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल जेठमा उद्घाटन भएसँगै पहिलोपटक जजिरा एयरवेजले यो विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गरेको थियो । अर्को चार्टर्ड उडान गरेको नेपालकै हिमालय एयरलाइन्सले भने अहिलेसम्म उडानका लागि पहल गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij