२०८३ साउन ११ सोमबार

डिजेल र पेट्रोलको मूल्य तीन रुपैयाँले बढ्यो, ग्यास र हवाई इन्धनको यथावत

ई आर्थिक    सोमबार, माघ २३ २०७९
4.2K
Shares
डिजेल र पेट्रोलको मूल्य तीन रुपैयाँले बढ्यो, ग्यास र हवाई इन्धनको यथावत

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रति लिटर ३÷३ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिक, बाह्य र एलपी ग्यासको मूल्य भने अहिलेका लागि यथावत राखिएको छ ।

भारतीय आयल कर्पोरेशनबाट फेब्रुअरी १ मा मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो । निगमका अनुसार अझै पनि आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij