२०८३ साउन ९ शनिबार

सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता

ई आर्थिक    आइतबार, माघ १५ २०७९
5.2K
Shares
सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकलाई छूट दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरिएको हो ।

सम्झौताअनुसार बैंकका कार्डवाहक ग्राहकले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशतसम्म छूट उपलब्ध पाउनेछन् । सो किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबारमा टेवा पुग्ने बैंकको भनाइ छ ।

बैंकले देशैभर १८२ शाखा, १३४ एटीएम र ९७ शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij