ई–आर्थिक, काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन्। उनी ३७ नम्बर सर्वलक्ष्मी सेक्युरिटिजका सञ्चालक हुन्। यसैगरी एशोसिएशनको उपाध्यक्षमा सरिता अधिकारी चयन भएकी छिन् ।
यस्तै महासचिवमा फणिन्द्र ढकाल, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा सुवेध अधिकारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका छन् । एशोसिएशनको २८ औ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको हो । यस अघिको वार्षिक साधारणसभाले अध्यक्षमा सन्तोष मैनालीलाई निर्विरोध निर्वाचित गरेको थियो ।