ई–आर्थिक, बारा । बाराको निजगढ नगरपालिकामा आधुनिक प्रविधिसहितको पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
निजगढ नगरपालिका–७ महेन्द्र राजमार्गमा जगत आयल स्टोरले नयाँ पम्प सञ्चालनमा ल्याएको हो । पम्प सौर्य ऊर्जाबाट सञ्चालन हुने सञ्चालक सुनिल तिमल्सिनाले बताए ।
पम्पमा अपांगतामैत्री शौचालय, चमेनागृह, किराना पसललगायत सुविधा समेत सञ्चालन हुने उनले बताए । उनका अनुसार सो पम्पमा एकैपटक आठओटा सवारीसाधनमा इन्धन भर्न सकिनेछ । पम्पमा १ लाख लिटर डिजेल तथा ६० हजार लिटर पेट्रोल भण्डारण क्षमता रहेको बताइएको छ ।
निजगढ क्षेत्रमा यसअघि एउटा मात्र पेट्रोल पम्प थियो, जसकारण स्थानीयले सहजै इन्धन पाउन सकेका थिएनन् ।