ई–आर्थिक, काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आजदेखि एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई बैंकको मर्जर प्रक्रिया पूरा भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको छ ।
दुवै बैंकले मङ्सिर २५ गते सम्पन्न विशेष साधारण सभामा एक आपसमा मर्जरमा गर्ने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट भने दुई ओटै बैंकले पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति पाएका थिए ।
मर्जरपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको छ । यी दुई बैंक मर्जरमा गएपछि बन्ने कम्पनीको चुक्तापूँजी रू। २५ अर्ब ८५ करोड पुग्नेछ ।