२०८३ साउन १२ मंगलबार

उत्तर कोरियाद्वारा जापानको सागरमा ब्यालेस्टिक मिसाइल प्रहार

ई आर्थिक    बिहिबार, कार्तिक २४ २०७९
15.7K
Shares
उत्तर कोरियाद्वारा जापानको सागरमा ब्यालेस्टिक मिसाइल प्रहार

ई–आर्थिक, काठमाडौं । उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको हो ।

उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५स्३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सैनिक स्रोतले जानकारी दिएको छ ।

यस क्षेप्यात्र प्रहारको जापानले पनि पुष्टि गरेको छ । जापान सरकारले ट्विट गर्दै प्योङयाङले ‘संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र’ प्रक्षेपण गरेको जनाएको छ । यस महिनाको सुरुमा पनि उत्तर कोरियाले एक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रसहित प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij