२०८३ साउन ९ शनिबार

चर्को बैंक ब्याजविरुद्धको आन्दोलन व्यापक हुँदै, रुपन्देही व्यापार संघले पनि आन्दोलन थाल्ने घोषणा

ई आर्थिक    बिहिबार, कार्तिक ३ २०७९
6.3K
Shares
चर्को बैंक ब्याजविरुद्धको आन्दोलन व्यापक हुँदै, रुपन्देही व्यापार संघले पनि आन्दोलन थाल्ने घोषणा

चर्को ब्याज विरुद्ध केही दिन अघि सुर्खेतका व्यवसायीले गरेको बैंक धर्ना कार्यक्रममा सहभागी उद्योगी व्यवसायी ।

ई–आर्थिक, बुटवल । बैंक वित्तीय संस्थाहरुको चर्को ब्याजदर विरुद्धको आन्दोलन व्यापक हुँदै गएको छ । नेपालगञ्ज, सुर्खेततिर चलिरहेको आन्दोलन देशव्यापी बन्ने भएको छ । यसैबीच रुपन्देही व्यापार संघले चर्को बैंक ब्याजविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरुले ब्याजदर बढाएका र व्यापाररव्यवसाय चलाउने अवस्था नरहेको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध आन्दोलनको घोषणा गरिएको हो ।

राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको जनाएको हो । २०७९ भदौ ७ गते इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा ल्याएको थियो ।

पहिलो चरणको दबाबका कार्यक्रमअन्तर्गत २०७९ कार्तिक ३ गते राष्ट्र बैंक, सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालोपट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने छ । त्यस समयमा पनि मागको सुनुवाइ नभएमा थप एकल तथा संयुक्त आन्दोलनका कार्यक्रम तय गरिने भनिएको छ ।

संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे र महासचिव दयानिधि भण्डारीले जारी गरेको विज्ञप्तिमा पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट बिनाकारण पटक(पटक ब्याजमा भइरहेको वृद्धिले निकै मर्कामा परेका जनाएका छन् । विज्ञप्तिमा बैंक, वित्तीय संस्थाहरुबाट लिएका ऋणको ब्याज अस्वाभाविकरुपमा वृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij