ई–आर्थिक, काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक एक आपसमा मर्जरमा जाने भएका छन । दुबै बैंक बराबर हैसियतमा मर्ज हुन लागेका हुन् ।
दुई बैंकबीच सोमबार मर्जर सम्बन्धि सम्झौतमा हस्तार भएको हो । कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
प्रारम्भिक सम्झौता अनुसार दुई बैंक एक बराबर एक अनुपातमा मर्जरमा जाने भएका हुन ।

हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ । एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।
चालु आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउने छन । नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेको छ ।