२०८३ साउन ९ शनिबार

काठमाडौंको कपन लसुनटारमा आगलागी हुँदा तीन जनाको मृत्यु

ई आर्थिक    बिहिबार, असोज ६ २०७९
5.4K
Shares
काठमाडौंको कपन लसुनटारमा आगलागी हुँदा तीन जनाको मृत्यु

ई–आर्थिक, काठमाडौं । काठमाडौं कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij