२०८३ साउन ९ शनिबार

टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाल बजारमा

ई आर्थिक    सोमबार, असोज ३ २०७९
10.4K
Shares
टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाल बजारमा

ई–आर्थिक, काठमाडौं : टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टिभीएस् स्मार्ट जोनेक्ट, कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्ट जोनेक्ट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ ।

१२५ सिसि सेग्मेन्टमा १० एक् भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।

टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘नेपाल सधैं हाम्रो लागि प्रमुख बजार भएको छ र यसले ग्राहकहरूका लागि हाम्रा प्रस्तावहरू ल्याउनपाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । टिभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदाहामी अत्यन्तै हर्षित छौं। टिभिएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरूबाट सबै सकारात्मकप्रतिक्रिया र प्रतिक्रियाहरू संकलन गरिसकेको छ ।

भर्खरै लन्च गरिएको टिभीएस एनटर्क १२५ रेस एक्सपी यस खण्डमा उच्च शक्ति, फर्स्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्दछ। स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिवद्धता मात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ ।

लन्च कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाईरेक्टर साहिल अग्रवालले भने ‘ टिभीएस एनटर्क १२५ रेस एक्सपी’ नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ । हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको बिषय हुनेछ भन्ने हामीलाई विश्वास छ ।

टेक्नोलोजी यस्तो छ

यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टिभीएस स्मार्टजोनेक्ट हो जसलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टा छुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् । त्यस्तै अपडेटेड र रिफ्रेस्ड युआई÷युएक्स एवम राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइन्छ । यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ ।

पर्फर्मेन्सको बारेमा

यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिन ले ५५०० आरपी टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन् । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ ।

स्टाइल बारेमा

हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ ।
ट्राइ–टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३,०५,९०० रहेको छ ।

टिभीएस मोटर कम्पनी बारेमा

टिभिएस मोटर कम्पनी विश्वव्यापी रूपमा एक प्रतिष्ठित दुई र तीन पाङ्ग्रे सवारी उत्पादक कम्पनी हो, जसले भारतको होसुर, मैसुरु र नालागढ र इन्डोनेसियाको कारवाङमा चारवटा अत्याधुनिक उत्पादन सुविधाहरूसहितको सस्टेनेबल मोबिलिटीमा प्रगति हासिल गरेको छ । विश्वास, मूल्य, र ग्राहकको भरोसा जित्न सफल हामी उच्च गुणस्तरको अन्तर्राष्ट्रिय स्थरका उत्पादनहरू बनाउने कुरामा गर्व गर्छौं । हामी प्रतिष्ठित डेमिङ पुरस्कार प्राप्त गर्ने एक मात्र दुई पाङ्ग्रे सवारी कम्पनी हौं । हाम्रा उत्पादनहरू जे.डी. पावर आईक्यूएस र अपिल सर्वेक्षणहरूमा आ–आफ्नो वर्गहरूमा सफलता हासिल गर्न सफल भएका छन् । हामी लगातार चार वर्षको लागि जे.डी. पावर ग्राहक सेवा सन्तुष्टि सर्वेक्षणमा पनि नम्बर १ कम्पनी बन्न सफल भएका छौं । युनाइटेड किंगडममा रहेको हाम्रो समूह कम्पनी नोर्टन मोटरसाइकल विश्वको सबैभन्दा प्रख्यात मोटरसाइकल ब्रान्डहरू मध्ये एक हो । टिभीएस मोटर कम्पनी सञ्चालन हुने ८० वोटा देशहरूमा ग्राहकबर्गमा सबैभन्दा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनी मानिन्छ ।

जगदम्बा मोटर्स बारेमा

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको सेप्टेम्बर २०१५ देखि एकमात्रआधिकारिक वितरक हो । कम्पनी शंकर समूहद्वारा संचालित छ । शंकर समूह सन् १९७९मा स्थापना भएको हो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो ।

शंकर समूहले अटोमोटिभ, स्टिल, सिमेन्ट, इन्जिनियरिङ्, इलेक्ट्रोनिक्स, लगानी, आभूषण, सामग्री, खानी, प्याकेजिङ्ग, घरजग्गा, सिन्थेटिक्स, टेक्सटाइल, ट्राभल एण्ड हस्पिटालिटी र ट्रेडिङका विभिन्न व्यवसायिक क्षेत्रहरूमा सञ्चालन गर्ने कम्पनीहरू समावेश गरेको छ । यस मध्य टिभिएस ब्रान्ड नेपालमा दुई पाङ्ग्रे सवारी साधनको ब्रान्डमा पूर्णस्थापित छ ।

यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रालिको १४० भन्दा बढी थ्रीएस डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको । जनतामाझ रेडार, एनटोर्क र अपाचे क्लासिक मोडेल लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij