२०८३ साउन ९ शनिबार

ग्लोबल आइएमईका एससीटी डेबिट कार्डवाहकलाई क्यासब्याक अफर, योजना असोज १ गतेदेखि दशैंभर चल्ने

ई आर्थिक    शुक्रबार, भाद्र ३१ २०७९
8.2K
Shares
ग्लोबल आइएमईका एससीटी डेबिट कार्डवाहकलाई क्यासब्याक अफर, योजना असोज १ गतेदेखि दशैंभर चल्ने

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताले क्यासब्याक अफर ल्याएको छ । यो दशैंमा ३३ दशमलव ३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका हुन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा दशैंका लागि उक्त कार्ड भएका ग्राहक लक्षित ‘एससीटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डी अफर’ ल्याएको हो ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भएको बैंकको दाबी छ । ‘जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्डवाहक ग्राहकले ३३ दशमलव ३३ प्रतिशत अर्थात् रू. १ हजार (अधिकतम)सम्म क्यासब्याक पाउनुहुनेछ,’ बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तीमा तीनओटा पीओएस कारोबार गर्ने कार्डवाहकलाई रू. ५०० तथा कम्तीमा ६ ओटा पीओएस कारोबार गर्ने कार्डवाहकलाई रू. १ हजार क्यासब्याक प्रदान गरिने बैंकले बताएको छ ।

क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रू. ५०० हुनुपर्नेछ, जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij