२०८३ साउन ९ शनिबार

वर्षेनी ६० अर्बको फर्निचरजन्य उत्पादनको कारोबार, नेपाली उत्पादनको प्रबर्द्धनमा टेवा पु¥याउन भदौ २३ गतेदेखि फर्निचर एक्स्पो

ई आर्थिक    मंगलबार, भाद्र १४ २०७९
7.6K
Shares
वर्षेनी ६० अर्बको फर्निचरजन्य उत्पादनको कारोबार, नेपाली उत्पादनको प्रबर्द्धनमा टेवा पु¥याउन भदौ २३ गतेदेखि फर्निचर एक्स्पो

ई–आर्थिक, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् ।

वर्षेनी झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको संघका अध्यक्ष जोशीले बताए ।

“तयारी वस्तु उत्पादनमा अन्य मुलुकले प्रयोग गर्दै आएका प्रविधिको प्रदर्शनी र सोको जानकारी व्यवसायीका लागि एक्स्पोमा आकर्षण बन्नेछ,” जोशीले भने, “अन्य मुलुकबाट आउने तयारी उत्पादनमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न एक्स्पोले सहयोग पुर्याउनेछ भने स्वदेशमा नै कसरी गूणस्तरीय तयारी वस्तु उत्पादन गर्ने भन्ने विषयमा जानकारी दिनेछ ।”

फर्निचर तथा फर्निसिङका उत्पादकहरुले आफ्ना उत्पादनको बारेमा उपभोक्तालाई एकै स्थानमा जानकारी दिन सकुन् भन्ने उद्देश्य सहित एक्स्पो आयोजना गरिएको जोशीको भनाई छ ।

भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्सोका संयोजक ओम बस्नेतले स्वदेशमा नै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएको बताए । यद्यपी राज्यस्तरबाट त्यसमा पहलकदमी नलिएको अवस्थामा एक्स्पोले राज्यको ध्यान तान्ने अपेक्षा रहेको बताए ।

यस पटकको एक्स्पोलाई स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना भएको एक्स्पोलाई स्वदेशी ब्राण्डले नै प्रायोजन गरेको प्रेस्टिज कार्पेटका सञ्चालनक अनिल महेश्वरीले बताए । “स्वदेशमा नै गूणस्तरीय फर्निचर तथा फर्निसिङका उत्पादन तयार हुन थालेको छ र त्यस्ता उत्पादनको बजार बिस्तार भईरहेको छ भन्ने सन्देश दिनका लागि पनि एक्स्पोलाई प्रायोजन गरेका हौं,” उनले भने । स्वदेशी र आयातित उत्पादनको गूणस्तर र मूल्य तुलना गर्न पनि उनले अवलोकनकर्तालाई आग्रह गरे ।

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । इभेण्ट सोलु्सनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले उदयीमान अवस्थामा पुगेको फर्निचरजन्य उत्पादनको बजार कोरोनाका कारण केही सुस्त भएको र एक्स्पोले त्यसलाई पुनः उचाई दिनेमा आफु विश्वस्त रहेको बताए । बजार भौंतारिएर फर्निचरजन्य उत्पादनको खोजी गर्नुपर्ने बाध्यतामा रहेका उपभोक्तालाई एकै छानामुनी गूणस्तरीय उत्पादन छानेर किन्ने अवसरका लागि एक्स्पो आयोजना गरिएको प्रधानको भनाई छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहने छन् ।

भारत, बंगलादेश लगायतका छिमेकी मुलुकका प्रदर्शक पनि एक्स्पोमा सहभागि हुनेछन् । , पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैछन् ।

जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ।

एक्स्पो अवलोकनका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ । डिजी पेबाट १० गोल्ड क्यास रिडिम गरेर पास पाउन सकिन्छ । विबरण संकलन केन्द्रमा आफ्नो विबरण भरेर निशुल्क पनि एक्स्पो अवलोकन गर्न सकिन्छ ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनको सपोर्ट छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij