२०८३ साउन ११ सोमबार

प्रदिप गिरीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त, आजै दाहसंस्कार गरिने

ई आर्थिक    आइतबार, भाद्र ५ २०७९
6.5K
Shares
प्रदिप गिरीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त, आजै दाहसंस्कार गरिने

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दुःख ब्यक्त गरेका छन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९ः३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

पारिवरिक स्रोतका अनुसार गिरीको आजै दाहसंस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij