२०८३ साउन ९ शनिबार

सीता राम दूधको अधिकृत विक्रेता सिनामंगलमा, गुणस्तरीय उत्पादनको उपभोगमा जोड दिने

ई आर्थिक    मंगलबार, साउन ३१ २०७९
4.2K
Shares
सीता राम दूधको अधिकृत विक्रेता सिनामंगलमा, गुणस्तरीय उत्पादनको उपभोगमा जोड दिने

ई–आर्थिक, काठमाडौं । काठमाडौंको सिनामंगल भत्केको पुल नजिकै सीता राम दूधको आधिकारिक विक्रेता खुलेको छ । उक्त विक्री केन्द्रको उद्घाटन स्थानीय वडाअध्यक्षका प्रतिनिधि श्रीराम राईले गरेका थिए । सो उद्घाटन कार्यक्रममा सीताराम गोकुल मिल्क्स् काठमाडौं प्रा.लि.का प्रबन्धक निर्देशक सुमित केडिया, समाजसेवी पवन विक्रम शाह, चर्चित व्यवसायी रविन्द्र रिजाल ‘शशी’लगायतको उपस्थिति रहेको थियो ।

सिनामंगलमा खुलेको सीताराम गोकुल मिल्क्स्को पाँचौं विक्री केन्द्र हो ।

कार्यक्रममा वडाका प्रतिनिधि राईले आफ्नो टोल छिमेकमा करिब तीन दशक इतिहास बोकेको गुणस्तरीय उत्पादनको विक्री केन्द्र खुलेकोमा खुशी व्यक्त गरे । उनले उक्त विक्री केन्द्रको उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत व्यक्त गरे ।

उक्त केन्द्र उद्घाटन कार्यक्रममा सीताराम गोकुल मिल्क्स्का प्रबन्ध निर्देशक सुमित केडियाले सीता राम गोकुल मिल्क्स्ले स्वस्थ उपभोक्तामैत्री उत्पादनलाई जोड दिंदै आएको बताए ।

उनले आगामी दिनमा शताव्दी सुहाउँदो उपभोक्ताको मन जित्ने गुणस्तरीय दुधका उत्पादन र परिकारलाई विविधिकरण गर्दै लगिने बताए । विक्री केन्द्रका सञ्चालक भुवन राउतले लामो समयदेखि सीता राम गोकुल मिल्क्स्का उत्पादन विक्री वितरणमा योगदान पु¥याउनु भएको भन्दै प्रशंसा गरे ।

विक्री केन्द्र विभुषण डेरीका सञ्चालक राउतले २२ बर्षदेखि सीताराम गोकुल मिल्क्स्को दुध विक्री विरण गर्दै आएको बताए । सीता राम गोकुल मिल्क्स्का गुणस्तरीय उत्पादनकै कारण आफूले अरु बैकल्पिक उत्पादन तथा व्यवसाया रोज्नु नपरेको बताए । ‘यो क्षेत्रका उपभोक्तामा सीताराम गोकुल मिल्क्स्को दुधको विशेष पहिचान रहेको छ ।’ सञ्चालक राउतले भने– ‘यो व्यवस्थित विक्री केन्द्रबाट सीताराम गोकुल मिल्क्स्का थप उत्पादन स्थानीय उपभोक्तालाई उपभोग गराउने चाहानाले आफूले यो केन्द्र स्थापना गरेको हुँ ।’

सो केन्द्रबाट दूध, घिउ, वटर, पनिर, दही, लस्सीजस्ता दुग्धजन्य उत्पादन विक्री वितरण हुनेछन् ।

१७ बर्ष अघि स्थापना भएको सीताराम गोकुल मिल्क्स्ले निरन्तर दुध प्रशोधन र विक्री वितरण गर्दै आएको छ । यो उद्योग नेपालका निजी दुग्ध उद्योगहरु मध्ये एक प्रतिष्ठित उद्योग हो । यो उद्योग नेपालका प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक घराना केडिया अर्गनाइजेसन अन्तर्गतको एक उद्योग हो ।

देशका विभिन्न स्थानहरुबाट दुध संकलन गरेर दुध उत्पादनकर्ता किसानहरुको जीवनस्तर उकास्ने सहकार्य गर्नुका साथै सहरको पैसालाई गाउँ–गाउँमा भित्र्याउनु एवं स्वदेशी पूँजी स्वदेशमै लगानी भन्ने सीताराम गोकुल मिल्क्स्को प्रमुख लक्ष्य रहेको छ ।

सीताराम गोकुल मिल्क्स्ले नवलपरासी, रुपन्देही चितवन र काभ्रे जिल्लामा २२ वटा दुध चिस्यान केन्द्र स्थापना गरेर विभिन्न जिल्लामा भएका १५० दुग्ध सहकारी संस्थाको साथै २२ निजी दुग्ध व्यवसायीहरु मार्फत नियमित दुध संकलन गरिरहेको छ । यसरी संकलित दुधलाई अत्याधुनिक प्रविधिबाट प्रशोधित गरी सो को गुणस्तर र मापदण्ड परिक्षण पश्चात सबै उपभोक्ताहरुलाई सुलभ तरिकाबाट विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij