२०८३ साउन ९ शनिबार

कृषि विकास बैंकको आकर्षक मुद्दती निक्षेप योजना, हजार राख्दा लाख, लाख राख्दा करोड पाइने

ई आर्थिक    आइतबार, साउन २२ २०७९
4.5K
Shares
कृषि विकास बैंकको आकर्षक मुद्दती निक्षेप योजना, हजार राख्दा लाख, लाख राख्दा करोड पाइने

ई–आर्थिक, काठमाडौं । कृषि विकास बैंकले हजार राखे लाख पाउने र लाख राखे करोड भुक्तानी पाउने योजना ल्याएको छ । बैंकले लखपति करोडपति धमाका मुद्दती निक्षेप योजना अन्तर्गत हजार राख्ने लाख र लाख राख्नेले करोड पाउने योजना ल्याएको हो ।

योजनामा ग्राहकले ५९ हजार ३ सय ५५ रुपैयाँ र रेमिट्यान्स ग्राहकले ५६ हजार ६ सय २६ रुपैयाँमा मुद्दती निक्षेप खोलेर पाँच वर्षपछि कर कट्टीसहित एक लाख भुक्तानी लिन सक्नेछन् ।

त्यसैगरी व्यक्तिगत ग्राहकले ५९ लाख ३५ हजार ५ सय र रेमिट्यान्स ग्राहकले ५६ लाख ६२ हजार ६ सय रुपैयाँ जम्मा गरेर पाँच वर्षपछि कर कट्टीसहित एकमुष्ठ एक करोड रुपैयाँ पाउनेछन् ।
साथै यो योजना अन्तर्गत नै हाल जम्मा गरेको रकमको निश्चित अवधिपछि दुई गुणा, तीन गुणा र पाँच गुणासम्म प्रतिफलमा एकमुष्ठ भुक्तानी दिने योजनासमेत बैंकले ल्याएको छ ।

बैंकले यस्तो सुविधा लिने व्यक्तिगत तथा रेमिट्यान्स ग्राहकका लागि क्रेडिट कार्डमा ९० प्रतिशतको लिमिट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट कार्ड, डिम्याट, सिआश्वाको रजिष्ट्रेशन शुल्क निःशुल्क गरी लकर सेवामा ५० प्रतिशत छुट हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij