२०८३ साउन ९ शनिबार

आज मंगलबार भारी वर्षा हुने, नदी नाला तथा खहरे खोलाहरूको छेउका बस्तीहरुमा आवश्यक सतर्कता अपनाउन आग्रह

ई आर्थिक    मंगलबार, साउन १७ २०७९
1.7K
Shares
आज मंगलबार भारी वर्षा हुने, नदी नाला तथा खहरे खोलाहरूको छेउका बस्तीहरुमा आवश्यक सतर्कता अपनाउन आग्रह

ई–आर्थिक, काठमाडौं । आज मंगलबार पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यता बुधबार देखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij