२०८३ साउन ९ शनिबार

नेप्सेद्वारा हिमाल दोलखाको शेयर कारोबारमा रोक

ई आर्थिक    आइतबार, साउन १५ २०७९
3.4K
Shares
नेप्सेद्वारा हिमाल दोलखाको शेयर कारोबारमा रोक

ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ ।

नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई हकप्रद शेयर दिने प्रस्ताव गरेको हो भन्ने प्रश्न राख्दै तीन दिनभित्र के कति कारणले त्यस्तो भएको हो भन्नेबारेमा जानकारी गराउन निर्देशन दिएको छ ।

सो कम्पनीले सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई शेयर मूल्यमा प्रभाव पारेको देखिन आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij