२०८३ साउन ९ शनिबार

एसईईको नतिजा प्रकाशन गर्ने तयारी अन्तिम, साउन ११ गते सार्वजनिक हुने

ई आर्थिक    सोमबार, साउन ९ २०७९
7.5K
Shares
एसईईको नतिजा प्रकाशन गर्ने तयारी अन्तिम, साउन ११ गते सार्वजनिक हुने

ई–आर्थिक, काठमाडौं । गत बर्ष २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही बुधबार सार्वजनिक हुने भएको छ । सकभर त्रुटि कम होस् भनेर केही दिन अघि सार्वजानिक गर्ने भनिएको नतिजा बुधबार सार्वजानिक गरिने भएको हो । त्रुटि कम गर्न व्यस्त भएकाले पनि साउन ११ गतेमात्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिए ।

विद्यार्थी, परीक्षा केन्द्र, शिक्षक, उत्तरपुस्तिका परीक्षक, सम्परीक्षकलगायतका कारणले परीक्षामा त्रुटिको अवस्था रहन्छ । नतिजामा त्रुटि हुँदा मुख्य गरी परीक्षार्थीले दुःख झेल्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

त्रुटि केलाउन परीक्षा नियन्त्रण कार्यालयले आफ्ना बाहेकका अन्य कार्यालयका शिक्षा सेवाका कर्मचारीलाई पनि परिचालन गरेको छ । कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए । परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ ।

साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ । नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij