२०८३ साउन ११ सोमबार

तटस्थ भएर काम गर्ने नवनिर्वाचित उपसभामुख भुसालको प्रतिबद्धता

ई आर्थिक    शुक्रबार, असार ३१ २०७९
2K
Shares
तटस्थ भएर काम गर्ने नवनिर्वाचित उपसभामुख भुसालको प्रतिबद्धता

ई–आर्थिक, काठमाडौं । नव निर्वाचित उपसभामुख पुष्पा भुसालले संविधानको भावनाअनुसार तटस्थ भएर आफ्नो पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भुसालले निष्पक्ष र तटस्थ भएर जिम्मेवारी पूरा गर्ने बताएकी हुन् ।

‘आजको दिन संविधान पक्षधर सबैको जितेको दिन हो’, उनले अगाडि भनिन्, ‘संविधानको कार्यान्वयनका लागि, राष्ट्रिय जीवनमा उठेका विषय, जनताको दैनिकीका विषयमा संसदमा आफ्नो भूमिका निर्वाह गर्छु। संसदलाई मात्रै नभइ संवैधानिक परिषदलाई निष्पक्ष, तटस्थ भएर काम गर्छु।’

उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने संवैधानिक व्यवस्था छ ।

भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी हुुन् । यही संसद सुरु भएपछि एमालेकी शिवमाय तुम्बाहाम्फेसँग पराजित भएकी भुसाल शुक्रबार एमालेकै विद्या भट्टराईलाई पराजित गरेर निर्वाचित भएकी हुन् ।
भुसालले १४८ मत पाइन् भने उनको विपक्षमा ९३ मत परेको छ। एक जनाले मत दिएनन् ।

भुसाललाई उपसभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्ष बहुमत भएपछि भट्टराईको प्रस्ताव निर्णयार्थ पेश गरिएन। मतदानमा २४२ जना सांसद उपस्थित थिए ।

उनी २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन् ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाय तुम्बाहाम्फे राजीनामा दिएपछि पद खाली थियो। सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij