२०८३ साउन ९ शनिबार

पाल्पाबाट पनि इपासपोर्ट वितरण सुरु

ई आर्थिक    सोमबार, असार २७ २०७९
7K
Shares
पाल्पाबाट पनि इपासपोर्ट वितरण सुरु

ई–आर्थिक, पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण सुरु गरेको छ । यसअघि अफलाइन फर्म भरेर पालो कुर्नुपर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण गर्न थालिएको प्रशासनले जनाएको छ ।

पछिल्लो समय विद्युतीय राहदानी बनाउन गरिने अग्रीम अनलाइन प्रणालीबाट धेरै सेवाग्राहीले समस्या खेप्दैआएको हुँदा आवश्यक कागजातसहित कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो । सेवाग्राहीको चाहनाअनुसार सो सेवा सुरुवात गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

अबदेखि अनलाइन दर्ता सेवा बन्द भएको र प्रत्यक्ष सेवा प्रदान गरिएको प्रशासनले जनाएको छ । यसैबीच प्रत्यक्ष रुपमा अनलाइन सेवा दिन सुरु गरेको हुँदा चर्को मुल्य तिरेर अफलाइन फर्म भर्नुपर्ने बाध्यताबाट समेत सेवाग्राही मुक्त भएका छन् । यसअघि यहाँका व्यवसायीले अनलाइन सेवाको नाममा अनावश्यक रकम अशुल गरेर फर्म भर्दै आएका थिए ।

पछिल्लो समय बैदेशिक रोजगारीमा तथा अध्ययनका लागि तेस्रो मुलुकमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै विद्युतीय राहदानी लिनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij