२०८३ साउन १२ मंगलबार

वायु सेवा सञ्‍चालक सङ्घले आन्तरिक तर्फको हवाई भाडा बढायो

ई आर्थिक    बिहिबार, असार २३ २०७९
3.8K
Shares
वायु सेवा सञ्‍चालक सङ्घले आन्तरिक तर्फको हवाई भाडा बढायो

ई–आर्थिक, काठमाडौं । नेपाल वायु सेवा सञ्‍चालक सङ्घले आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सङ्घले बिहीबारदेखि लागू हुनेगरी भाडा वृद्धि गरेको हो । नयाँ हवाई भाडाअनुसार न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २२० रुपियाँसम्म वृद्धि भएको छ ।

सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपियाँले भाडा बढेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको ४५ रुपियाँले भाडा बढेको छ । सिमराको नयाँ भाडादर चार हजार २४० रुपियाँ कायम गरिएको छ ।

नयाँ भाडा दरअनुसार काठमाडौँबाट पर्वतीय उडानको भाडा १७० रुपियाँ वृद्धि भई प्रतिव्यक्ति १४ हजार ८९० रुपियाँ पुगेको छ । हवार्ई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि भाडा वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij