२०८३ साउन ९ शनिबार

नबिल र नेपाल बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेदेखि हुने, यस्तो आयो सूचना

ई आर्थिक    सोमबार, असार २० २०७९
4.5K
Shares
नबिल र नेपाल बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेदेखि हुने, यस्तो आयो सूचना

ई–आर्थिक, काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकले यही असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुन लागेको बैंकले जानकारी दिएको छ ।

दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेको थियो । केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । नबिल बैंकले केही दिन अघि मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij