ई–आर्थिक, काठमाडौं । यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बनेकी छन् । ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जितेकी हुन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहि¥याएकी थिइन् ।
त्यसैगरी सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बनेकी छन् ।