२०८३ साउन ९ शनिबार

पूर्वराजा वीरेन्द्रसहित वंश नाश भएको २२ वर्ष लाग्यो, घटना अझै किन ‘रहस्यमय’ ?

ई आर्थिक    बिहिबार, जेष्ठ १९ २०७९
2.9K
Shares
पूर्वराजा वीरेन्द्रसहित वंश नाश भएको २२ वर्ष लाग्यो, घटना अझै किन ‘रहस्यमय’ ?

ई–आर्थिक, काठमाडौं । पूर्वराजा बीरेन्द्रसहित वंश नाश भएको २१ बर्ष पुरा भई २२ बर्ष भएको छ । नेपालीहरू यस दिनलाई कालो दिनको रूपमा लिने गर्दछन् । आजकै दिन २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको थियो ।

यही दिनको सम्झनास्वरूप नेपालीहरूले आजको दिनलाई कालो दिनका रूपमा लिन्छन् ।

हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकाुमारी श्रुती, राजकुमार निराजन, अधिराजकुमारी शान्ति, शारदा, शाहज्यादी जयन्ती, कुमार खड्गविक्रम, धीरेन्द्रको मृत्यु भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उक्त घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तर नेपाली जनताले भने उक्त प्रतिवेदनमाथि अहिलेसम्म पनि विश्वास गरेका छैनन् । त्यसपछि यो घटनाको कुनै स्वतन्त्र छानबिन भएको छैन ।

सबै विचार र पार्टी चलाउने सरकारले नेतृत्व गरेपनि हालसम्म कसैले पनि यस घटनाको बारेमा गम्भीर चासो देखाएको देखिदैन । सर्वसाधारण जनताले सरकार चलाउनेसँग अहिले प्रश्न गर्न थालेका छन् ‘यतिका बर्षसम्म पनि घटना रहस्यमय किन ?’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij