२०८३ साउन १० आइतबार

भिजिट भिसामा नक्कली कागजातको विगविगी, रोक्ने विषयमा छलफल

ई आर्थिक    बुधबार, जेष्ठ १८ २०७९
8.1K
Shares
भिजिट भिसामा नक्कली कागजातको विगविगी, रोक्ने विषयमा छलफल

ई–आर्थिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।
बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशनक नारायणप्रसाद भट्टराई, वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेललगायत दुवै मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

मन्त्रालयमा श्रम स्वीकृतिजस्तै रिलेसन भीसा र भिजिट भीसामा विदेश जाँदा पनि पहिल्यै स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने बारे छलफल भएको थियो । त्यसका लागि अध्यागमन विभागले रिलेसन भिसा र भिजिट भिसामा विदेश जानेहरूले स्वीकृति लिनका लागि ‘एप्स’ निर्माण गर्ने र सोको व्यवस्थापन छुट्टै शाखा मार्फत गर्ने विषयमा कुराकानी भयो ।

प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा भिजिट भिसामा नक्कली कागजात बनाइ विदेश पुग्ने र काम नपाइ विचल्लीमा पर्ने समस्याको समाधान हुने बारेमा छलफल भएको थियो । घुम्न जानेले एप्समा भरेको विवरण र पेस गरेका कागजातको यथार्थता एकीन भएपछि अनुमति दिँदा सरकारसँग विदेशमा घुम्न जानेको अभिलेख हुने र विचल्लीमा परेर फर्किन पर्ने समस्या समाधान हुन सक्ने सहभागीहरूले बताउनु भयो ।

बैठकमा केही स्थानीय तहले कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँस्दै ‘सिजनल वर्कर’ पठाउने सहमति गरेको विषयमा पनि कुराकानी भएको थियो । नेपालको कानुनमा श्रम स्वीकृति दिने अधिकार संघ सरकारलाई मात्र दिइएकाले प्रदेश तथा स्थानीय सरकारले त्यसरी सिधै पठाउन नमिल्ने सहभागीहरूले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij