२०८३ साउन १० आइतबार

मेलम्ची खानेपानी आयोजनाको मुहानमा बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश, मेलम्चीको पानी अबदेखि बर्षापछि मात्रै

ई आर्थिक    मंगलबार, जेष्ठ १७ २०७९
6.9K
Shares
मेलम्ची खानेपानी आयोजनाको मुहानमा बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश, मेलम्चीको पानी अबदेखि बर्षापछि मात्रै

ई–आर्थिक, काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएपछि खानेपानी वितरण पनि बन्द भएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मुल ढोका बन्द गरिएको हो ।

बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मुल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मुल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी बितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरि प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ ।

बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो । अस्थायी संरचना तयार पारेर पानी सुरूङमा पथान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij