ई–आर्थिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ । मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह धेरै मतान्तरका साथ महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएको हो ।
जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन् ।
बालेन र सिर्जनाबीच २० हजार ११० मतान्तर रहेको छ । भने बालेन र स्थापितबिच २० हजार ७४३ मतान्तर रहेको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।
अब २२ हजार ५६४ मत गणना हुन बाँकी रहेको छ । बालेनको निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले केही समय अघि मत गन्न अझै धेरै बाँकी भएको भन्दा जित्ने आशा व्यक्त गरेकी थिइन् । तर अहिले भने उनले समेत आफ्नो हार स्विकार गरेकी छन् ।