ई–आर्थिक, झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. ओलीको गृह जिल्ला झापाको दमक नगरकालिकामा एमाले पराजित भएको छ । सो नगरपालिकाको प्रमुख पद राप्रपाले जित हाँसिल गरेको छ । मेयरमा राप्रपाका उम्मेदवार राम थापाले प्रतिस्पर्धी एमालेकी गीता अधिकारीलाई पराजित गर्दै जित हासिल गरेका हुन ।
योसँगै लामो समयदेखि निरन्तर पराजित रहेका थापाको दमकको मेयर बन्ने सपना पूरा भएको छ।
थापा दमकमा एक जना लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।
थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीता अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छन् ।
उपमेयरतर्फ भने कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भएकी छन् । उनले १३ हजार ९३१ मत प्राप्त गरेकी छन् भने उनका प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् ।
दमकमा सत्ता गठबन्धनसँगको तालमेलले योजनाअनुरुप सफलता हात पारेका छन् ।