२०८३ साउन १० आइतबार

काठमाडौंमा ठूला दलका उम्मेद्वारलाई स्वतन्त्र उम्मेद्वार बालेनको लगातार टक्कर, स्थापितसँग ८०५ को अन्तर

ई आर्थिक    आइतबार, जेष्ठ १ २०७९
3K
Shares
काठमाडौंमा ठूला दलका उम्मेद्वारलाई स्वतन्त्र उम्मेद्वार बालेनको लगातार टक्कर, स्थापितसँग ८०५ को अन्तर

ई–आर्थिक, काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ठूला दलका उम्मेद्वारलाई लगातार टक्कर दिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले धेरै मतले अग्रता कायम राखेका छन् । हालसम्मका भएको मत गणना अनुसार बालेनले १८९६ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म १०९७ मत प्राप्त गरेका छन् ।

दुबैबीचको मतान्तर ८०५ रहेको छ ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत प्राप्त गरेकी छन् । उनी र स्थापित बिच मात्र १४२ मत अन्तर रहेको छ ।

अहिले देशकै ध्यान काठमाडौं महानगरपालिकाको मत परिणाममा छ । बालेनले यही अनुपातमा मत ल्याइरहे उनको जित सुनिश्चित देखिन्छ । हाल आएको मत परिणामले उनका समर्थकहरु निक्कै उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij