२०८३ साउन १० आइतबार

गौतमबुद्ध विमानस्थलमा भारतीय वायु सेनाको ७ विमानहरु, भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सामाग्री ल्याइयो

ई आर्थिक    बुधबार, बैशाख २८ २०७९
5.8K
Shares
गौतमबुद्ध विमानस्थलमा भारतीय वायु सेनाको ७ विमानहरु, भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सामाग्री ल्याइयो

ई–आर्थिक, भैरहवा : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तर्राष्ट्रिय विमानले अवतरण र उडान गरेको छ । निर्माण सम्पन्न भइ उद्घाटनको तरखरमा रहेको उक्त विमानस्थलमा भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।

२ जेठमा ९बुद्ध जयन्ती०मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्न लागेकाले उनकै सुरक्षामा आवश्यक सामग्री लिएर आज विमान आएको हो। विमानमा करिब चार दर्जन स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी)का अधिकारी, चार वटा बुलेट प्रुफ गाडी, सुरक्षाका सामग्री दिल्लीबाट सिँधै भैरहवा आएको हो। यो नै पहिलो अवतरण र उडान गर्ने अन्तराष्ट्रिय विमान भएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

यो चार्टड विमान कुटनीतिक उडान हो, मोदीले प्रयोग गर्ने गाडी र सामानसहित आएको विमान अढाई घण्टापछि फर्केको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी २ जेठदेखि व्यवसायिक उडान गरी उद्घाटन हुँदैछ। कुवेतको जजिरा एयरलायन्सले यहाँबाट व्यवसायिक उडान गर्न अनुमति पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij