ई–आर्थिक, काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।
इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको हो ।
विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् ।
१२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको प्रवक्ता सिटौलाका अनुसार हो । एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई काठमाडौं फर्काइएको हो ।
विमानमा ८० जना यात्रु रहेको सबै सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।