२०८३ साउन १२ मंगलबार

सन्दर्भ ६५ औं राष्ट्रिय सहकारी दिवस : सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड, राष्ट्रिय सहकारी पुरस्कार घिमिरेलाई

ई आर्थिक    आइतबार, चैत्र २० २०७८
4K
Shares
सन्दर्भ ६५ औं राष्ट्रिय सहकारी दिवस : सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड, राष्ट्रिय सहकारी पुरस्कार घिमिरेलाई

ई–आर्थिक, काठमाडौं । सहकारी व्यवसायलाई मर्यादित बनाउँदै नविन प्रविधिको अवलम्बनमा जोड दिनुपर्नेमा सहकारी अभियान्ता तथा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिमलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने विषयमा सहकारी अभियान्ता र सरोकारवाल निकायले आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले थिमको विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियान्ताको आचरण, व्यवहार र अनुशासित आवद्धतालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए । उनले डिजिटल को–अपरेटिभ गर्भनेन्स र डिजिटल साक्षरतालाई फोकस गर्नुपर्नेमा समेत जोड दिएका थिए । सहकारी दिवको अववसरमा भएको कार्यक्रममा सदस्यको अधिकार, इच्छा, आवाज र निरिक्षणको सुनिश्चिताका लागि व्यसायमा नैतिकता, जवाफदेहिता, नविनतासहित सृजनात्मक रुपान्तरणका लागि सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिइएको छ ।

सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले ऐन कानुनको परिपालनामा खरो उत्रिन आग्रह गदैै दण्ड र जविराको अवलम्बन शुरु गर्ने बताए । उनले सहकारी संघ÷संस्थालाई गोएएमएलमा आवद्ध हुने आग्रह गदैै कोपोमिसकोप्रभावकारी कार्यान्वयनले प्रविधिको अवलम्बन सहित सहकारीमा सुशासन कार्यम हुने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य दीलबहादुर गुरुङले गुणात्मक सहकारी विकासका लागि थिम सार्थक रहेको बताउँदै विचौलियाको अन्त्य गर्दै उत्पादन र उपभोक्तालाई जोड्ने सहकारी उत्कृष्ट व्यवसाय भएको बताए ।

महासंघका अध्यक्ष मिनराज कडेलले सरकारसँग मिलेर सहकारी अभियान अगाडि बढ्ने बताए । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारीले नविन प्रविधिलाई समयमा नै ग्रहण गर्नुपर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महासंघको १० बर्षे रणनीतिक योजनामा सहकारीलाई मर्यादित बनाउन र प्रविधिमा जोड्न के के गर्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको जानकारी गराउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका मित्रराज दवाडी, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सल्लाहकार दीपक प्रकाश बाँस्कोटा, भरत प्रधान, डा. उषा झा, रविन्द्र केसीले सहकारीलाई मर्यादित बनाउन पनि आधुनिक प्रविधिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय सहकारी पुरस्कार घिमिरेलाई

राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा विभिन्न विधामा पुरस्कार दिने घोषणा गरेको छ । महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने छ ।

उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार,२०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजु पुरस्कृत हुने भएको छ ।

उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत हुने छ । पुरस्कार छनोट उपसमितिका संयोजक तथा महासंघका संचालक टेकप्रसाद चौलागाईले पुरस्कृत हुने व्यक्तित्व तथा संघ/संस्थाको नाम घोषणा गरेका थिए ।

महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ बाट सातवटै प्रदेशका उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक झापा, मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.,निजगढी बारा, बागमति प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा, बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.गोदावारी, कैलाली पुरस्कृत हुने भएको छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij