२०८३ साउन ९ शनिबार

चार युरोपियन मुलुकले एकसाथ ४३ रुसी कूटनीतिज्ञ निष्काशित गर्ने

ई आर्थिक    बुधबार, चैत्र १६ २०७८
4K
Shares
चार युरोपियन मुलुकले एकसाथ ४३ रुसी कूटनीतिज्ञ निष्काशित गर्ने

ई–आर्थिक, काठमाडौं । युरोपियन युनियन (इयु) भित्रका चार देशले रुसका ४० जना भन्दा बढी कूटनीतिक अधिकारीलाई देश निकाला गर्ने भएका छन् । जासुसीका आरोपमा आयरल्याण्ड, बेल्जियम, नेदरल्याड्स र चेक गणतन्त्रले एकसाथ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चार देशले मंगलबार रुसी दूतावासमा कार्यरत कुल ४३ जना कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका हुन् । गएको हप्ता अर्को इयु राष्ट्र पोल्याण्डले पनि रुसी कूटनीतिज्ञलाई देश छोड्न भनेको थियो ।

राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर ब्रसेल्समा रहेका २१ रुसी कूटनीतिज्ञलाई देश छोड्न भनिएको बेल्जियमकी विदेशमन्त्री सोफी विल्मेसले सांसदहरुलाई बताएकी छन् । बेल्जियमको छिमेकी देश नेदरल्याण्ड्सको विदेश मन्त्रायले आफ्नो देशबाट १७ रुसी कूटनीतिज्ञ निष्काशित भएको जनाएको छ ।

आयरल्याण्डले चार तथा चेक गणतन्त्रले एक रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको हो।

गएको बुधबार पोल्याण्डले ४५ जना रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको थियो। यस्तै मार्चको सुरुमा बुल्गेरिया, लिथुवानिया, लात्भिया र इस्टोनियाले कुल २० रुसी कूटनीतिज्ञलाई किाला गरेको थियो ।

रुसले निष्काशनको जवाफ सोही प्रकृतिको निष्काशनबाट दिने गरेको छ। मंगलबार उसले इस्टोनिया, लात्भिया र लिथुवानियाका कुल १० कूटनीतिज्ञलाई निकाला गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा युद्ध गर्दै आएको छ । त्यसपछि पश्चिमा राष्ट्रले प्रतिबन्ध तथा रुसी कूटनीतिज्ञलाई निकाला गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij