२०८३ साउन ९ शनिबार

डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो, संख्या विस्तारसंगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण

ई आर्थिक    सोमबार, फाल्गुन ३० २०७८
4.1K
Shares
डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो, संख्या विस्तारसंगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण

ई–आर्थिक, काठमाडौं । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पु¥याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अव देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राख्नु भयो ।

आउँदो समय ग्राहक संख्या विस्तारसंगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेकोमा केक काटेर खुसियाली मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij