२०८३ साउन ९ शनिबार

कोटेश्वर–जडिबुटी खण्डमा अन्डरपास र फ्लाइओभर प्रस्ताव

ई आर्थिक    शुक्रबार, फाल्गुन १३ २०७८
3.8K
Shares
कोटेश्वर–जडिबुटी खण्डमा अन्डरपास र फ्लाइओभर प्रस्ताव

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडिबुटी खण्डमा जापानी परामर्शदाताले अन्डरपास र फ्लाइओभर निर्माण प्रस्ताव गरेको छ । दीर्घकालीन योजनाका लागि जापान सहयोग नियोग (जाइका)ले अन्डरपास र फ्लाइओभर निर्माण गर्न प्रस्ताव गरेको हो ।

तीनकुनेमा फ्लाइओभर निर्माण गरी त्रिभुवन विमानस्थलको सिमाना हुँदै जडिबुटीसम्म अन्डरपास निर्माण गर्ने र पुनः जडिबुटीमा फ्लाइओभर निर्माण गर्ने प्रस्ताव जाइकाको छ । यसरी निर्माण हुने तीनकुने–जडिबुटी सडक खण्डमा निरन्तर सवारी सुचारु हुनेछ । जसको कुल लम्बाइ १८ सय ६० मिटर हुने छ भने तीनकुनेमा ५ सय १० मिटर फ्लाइओभर हुनेछ । अन्डरपास ६ सय ४० मिटर हुनेछ, बीचमा यू आकारको २ सय ५० मिटरको सडक खण्ड हुने आरियन्टल परामर्शदाता जापानी कम्पनीले अध्ययन गरेको प्रस्तावमा भनिएको छ । परामर्शदाता कम्पनीले अन्य विकल्पमा पनि सो क्षेत्रको अध्ययन गरेर प्रस्ताव तयार गरेको भए पनि सो प्रस्ताव सडक विभागले उपयुक्त ठह¥याएको थियो ।

हाल सो सडक खण्डमा दैनिक देखिएको सवारी चाप समाधानको अल्पकालीन योजनाअन्तर्गत डेडिकेटेड लेन बनाएर दायाँ बायाँ दुवैतर्फ सडक विस्तार गरिएको छ । वार्षिक रूपमा सवारी वृद्धि भइरहेकाले सो सडक खण्डको विस्तार तथा वैकल्पिक मार्ग निर्माण गर्दा रिङरोडको चौडाइ पनि विस्तार गरेर सुरुङमार्ग निर्माणको योजना अगाडि सारिएको हो ।

सडक विभागका अनुसार सतप्रतिशत जाम कम गर्न नसकिए पनि हाल विस्तार भएको सडकबाट करिब ४० प्रतिशत सवारी चाप कम भएको जनाएको छ । विस्तार भएको सडकबाट भक्तपुर पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन भएकाले जाममा बस्नुपर्ने अवस्था छैन । सो सडक खण्डमा दक्षिणतिर तीन लेन र उत्तरतिर एक लेन थप गर्दै सडक विस्तार गरिएकोे छ ।

नयाँ सडक विस्तारअनुसार पेप्सीकोलातर्फ एक लेन र कोटेश्वरबाट जडिबुटी जाँदा एक लेन थप भएको छ भने जडिबुटीबाट कोटेश्वरतर्फ भने तीन लेन विस्तार भएकों छ । विस्तारित सडक निर्माण सम्पन्न भएपछि सो सडक खण्डमा चार लेन थप भई आठ लेनको भएको छ । यसले गर्दा काठमाडौंबाट–भक्तपुर, ललितपुर जाने र काठमाडौं आउने सवारीका लागि सहज बनाएको समाचार दीपेन्द्र थापाले आजको कारोबारमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij