२०८३ साउन ९ शनिबार

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक जना भारतीय गाँजा तस्करको मृत्यु

ई आर्थिक    बिहिबार, फाल्गुन १२ २०७८
5.9K
Shares
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक जना भारतीय गाँजा तस्करको मृत्यु

ई–आर्थिक, बारा । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । उक्त गोली हानाहानमा प्रहरीको गोली लागेर एक गाँजा तस्करको मृत्यु भएको छ ।

बुधबार राति सातरआठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको बताइएको छ ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिए । शवलाई प्रदेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij