२०८३ साउन ११ सोमबार

कालो धन जोगाउन, उच्चपदस्थले पनि गर्छन् लगानी

ई आर्थिक    आइतबार, फाल्गुन ८ २०७८
3.4K
Shares
कालो धन जोगाउन, उच्चपदस्थले पनि गर्छन् लगानी

किन बढ्दै छ मिटर व्याजको कारोबार ?

काठमाडौं । अहिले नेपालमा मिटर व्याजी एउटा प्रथा जस्तै देशभर फैलिएको छ । यो गैरकानुनी कारोबार हो । सबैलाई थाहा भए पनि कारोबार गर्नेको कमी नरहेको पूर्व डिआइजी हेमन्त मल्लले बताउनुभयो । उहाँका अनुसार यस्ता मिटर व्याजीहरु समातिए अनुसन्धान होइन अहिलेसम्म मिलाउने चलन रही आएको छ । जुन बाहिर आएको पैसा हुन्छ त्यसको अनुसन्धान हुनुपर्ने हुन्छ । त्यो भएको छैन ।

‘यो घुस खाको पैसा हो या कालो धन हो,’ उहाँले भन्नुभयो,‘ यसका लागि राजस्व कार्यालय, कर कार्यालय र केही हक प्रहरीलाई पनि रहेकाले यसको व्यापकरुपमा सोर्स खोज्न जरुरी हुन्छ ।’ यसले माथिल्लो निकायका मानिस संलग्न छन् भने भोलिका दिनमा यस्ता कार्य गर्न डराउनुपर्ने हुन्छ ।

यस्ता सजिला गतिविधि रहिरहे भोलिका दिनमा बद्मासी गर्नेले अझ गर्ने मौका पाउने हुन्छ । यो सरकारको मापदण्ड विपरीत रहेकाले उचित नरहेको उहाँको बुझाइ छ ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार मिटर व्याजी कारोबार गर्ने जो कोहीलाई उच्च जोखिम हुन्छ । जोखिम मोलेर पनि मानिसले यसलाई आफ्नो आय आर्जनको बाटो बनाएका छन् । यस्ता रुपियाँ धेरैजसो कालो धन रहेको उहााले बताउनुभयो । जुन अरु कारोबार गर्दा सो गर्नुपर्छ भने यसमा लगानी गर्दा देखाउन नपर्ने हुन्छ ।

देखाउनुपर्ने नभएपछि करको दायराभन्दा बाहिर हुन्छ । जस्ले प्रत्यक्षरुपमा सरकारको कुनै आर्थिक गतिविधिमा असर भने गर्न नसक्ने उहाँले बताउनुभयो । ‘ मिटर व्याजी नितान्त गैरकानुनी कारोबार हो, यसले सरकारको आर्थिक गतिविधिमा प्रत्यक्ष असर गर्दैन तर कालो धन बाहिर ल्याउने एउटा बाटो भने हो,’ पूर्व गभर्नर क्षेत्रीले भन्नुभयो । लुकाएर राखेको पैसा काम लाग्दैन । काम लगाउन पैसा चलायमान बनाउनुपर्ने हुन्छ । घण्टा, दिन महिना जस्ताे छाेटाे समयका लागि चर्काे व्याज लगाउने र समयमा तिर्न नसके साेही अनुसार व्याज बढाउँदै लाने काराेबार नै मिटर व्याज हाे ।

लगानी गर्नेलाई पनि जोखिम

लगानी गर्नेलाई पनि जोखिम हुने डिआइजी मल्लले बताउनुभयो । ‘लगानी गरेपछि आउने कि नआउने डुब्ने पनि हुन्छ,’ उहाँले भन्नुभयो,‘त्यसकारण यसको सोर्स अनिवार्य पत्ता लागउनुपर्ने हुन्छ ।’ उहाँका अनुसार जुन गर्नुपर्ने डिल हो । राम्रो भएन । कर्मचारी प्रशासनले गर्ने जुन बद्मासी छ । सधैँ रहिरहने हुन्छ । कहिले पनि नियन्त्रणमा आउँदैन ।

अहिले घरजग्गा जोड्न घुस

डिआइजी मल्लका अनुसार पहिले र अहिलेको घुस खाने प्रकृति फेरिएको छ । पहिले मानिस आफ्नो पेटको लागि हजार रुपियाँ घुस लिन्थे । अहिले घर–जग्गा जोड्नका लागि लाखौँ–करोडौँ घुस खान्छन् । त्यो पनि आकाश जमिनको फरकमा । त्यत्रो पैसा कहाँ राख्ने ? कसरी सार्वजनिक गर्ने ? भन्ने घुस खानेलाई पनि एक किसिमको तनाव हुन्छ । ‘ पञ्चायतकालमा पनि खान्थे तर अहिले धेरै ठूलो खाना थाले,’ उहाँले भन्नुभयो,‘ पहिले रासन खाएको तिर्नलाई खान्थे, अहिले घर–जग्गा जोड्नलाई घुस खान्छन् ।’ अहिले घुसको लेवल धेरै माथि रहेकाले सोर्स पत्ता लागउन नसके सामास्या जिउका तिउ सधैँ रहिरहने उहाँको भनाइ छ ।

के गर्दैछ सम्पत्ति सुद्धीकरण विभाग ?

सम्पत्ति शुद्धीकरण विभागका सूचना अधिकारी विनोदकुमार दाहालका अनुसार विभागमा सूचना, जानकारी वा उजुरी आएमा अनुसन्धान गरी कारबाही हुन्छ । कुनै पनि माध्यममा आएको सूचना वा पत्रिकामा छापिएको सूचनालाई जानकारीको रुपमा ग्रहण गरेर अनुसन्धानको रुपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी दाहालले भन्नुभयो,‘कसैले औपचारिक रुपमा उजुरी पेश गरेमा वा मिडिया, सामाजिक सञ्जालजस्ता संचारमा आएको सूचनालाई हामीले स्रोतको रुपमा लिएर अनुसन्धानको प्रक्रियामा लान्छौं ।’ घुस खाएको पैसा मिटर व्याजमा लगानी गरेको भन्ने छुट्टै सूचना अहिलेसम्म विभागमा नआएको उहाँले जिकिर गर्नुभयो ।

मिटर व्याजीलाई सजाय

मिटर व्याजी समातिएमा सात वर्षसम्म जेल र ७० हजारसम्म जरिवाना हुने कानुनी प्रवधान रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका उप निर्देशक, प्रवक्ता एवं सूचना अधिकारी (प्रहरी उपरीक्षक) श्यामकुमार महतोले बताउनुभयो ।

उहाँका अनसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५२ र २५३ मा विभिन्न कानुनी प्रवधान छन् । त्यसमा अापराधिक मनसायले अरुको संपत्ति कब्जा वा उपयोग गर्नु हुँदैन भनिएको छ । नजायल लाभ लिन हुँदैन भनेको छ । समान्यतः मिटर व्याजीलाई अहिले नयाँ कानुनअनुसार अापराधिक मनसायले वा लाभ लिन नहुने, जोर जबर्जस्ती गर्न नहुनेमा कारबाही गरिरहेको उहाँले बताउनुभएको समाचार दीपा चौधरीले आजको गोरखापत्रमा लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij