२०८३ साउन ९ शनिबार

एमसीसीको पक्षमा पनि प्रदर्शन, र्‍यालीका सहभागीसँग ‘वेलकम एमसिसी’ लेखिएको ब्यानर

ई आर्थिक    बिहिबार, फाल्गुन ५ २०७८
3.1K
Shares
एमसीसीको पक्षमा पनि प्रदर्शन, र्‍यालीका सहभागीसँग ‘वेलकम एमसिसी’ लेखिएको ब्यानर

ई–आर्थिक, काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा प्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिक समाजको आयोजनामा बुधबार अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सरकारले बुधबार संसद्मा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण बुधबार राजधानीको यातायात सेवा केही प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij