२०८३ साउन ९ शनिबार

क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्नलाई खोज्दै सीआईबी, संलग्न पाइएमा कडा कारवाही गर्ने

ई आर्थिक    सोमबार, फाल्गुन २ २०७८
4.2K
Shares
क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्नलाई खोज्दै सीआईबी, संलग्न पाइएमा कडा कारवाही गर्ने

ई–आर्थिक, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ ।

ब्युरोले आज एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्यूरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानूनी कारवाहीसमेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकमार्फत गएको माघ ९ गते क्रिप्टोकरेन्सीअन्तर्गतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानूनी रहेको स्पष्ट भइरहेको छ ।

यस्ता गैरकानूनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा सूचना उपलब्ध गराउनसमेत ब्यूरोले नागरिकमा अनुरोध गरेको छ । उक्त कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था रहेको सिआइबीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो ।

बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा रु १० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij