२०८३ भाद्र ३० मंगलबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    बिहिबार, माघ २७ २०७८
6.8K
Shares
महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाडौंमा आज सम्पन्न भएको छ ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराउनु भएको थियो ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६र०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गर्यो ।

स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परिक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख पचास हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ ।

सभामा महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ । कार्यक्रमको अन्त्यमा सञ्चालक शुरेस सापकोटाले धन्यवाद ज्ञापन गर्नु भए पछि सभा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij