२०८३ भाद्र ३० मंगलबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रमलाई तीब्रता दिंदै, थप पाँचसहित २३ जिल्लाका ४२ स्थानमा सम्पन्न

ई आर्थिक    आइतबार, मंसिर १९ २०७८
3.7K
Shares
महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रमलाई  तीब्रता दिंदै, थप पाँचसहित २३ जिल्लाका ४२ स्थानमा सम्पन्न

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम तीब्रता दिइरहेको छ । यो बीमा जागरण राष्ट्रिय अभियानलाई तीब्रता दिने क्रममा विभिन्न थप पाँच स्थानमा कार्यक्रम सम्पन्न गरको छ ।

आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिना भन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा
‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सञ्चालन भइसकेको कम्पनीले जानकारी दिएको छ । यसै क्रममा १५, १६ र १७ गते हेटौडा, दमौली, भिरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न भएका छन् । सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौडा क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो ।

बीमाको महत्व बारेमा प्राध्यापक भुपेन्द्र कोइराला र कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रकाश पार्नु भएको कार्यक्रममा बीमा जागरणका विषयमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा शाखा प्रमुख रेनु साहका साथै अभियानका केन्द्रिय सदस्य सन्ध्या पोखरेल र रोमी श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

यसैगरी स्याङ्जाको भिरकोट स्थित भु.पु. सैनिक कम्यूनिटि एकेडेमीमा अभियानका केन्द्रिय सदस्य खेम भट्टराईको अध्यक्षतामा संचालित जनचेतना कार्यक्रममा ४० जनाको सहभागिता रहेको तथा कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिनु भएको थियो ।

मंसिर १५ गते दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा संचालित ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमला र एरिया ब्रान्च मेनेजर माधव न्यौपानेले सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठको अध्यक्षतामा मंसिर १६ गते ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न ग¥यो ।

४० जना विद्यार्थिको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर ललित जी.सी. र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले बीमाको महत्व बारेमा र कम्पनीका क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

मंसिर १७ गते कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य विरेन्द्र बहादुर साही र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले जीवन बीमाको महत्व बारेमा प्रकाश पार्नु भयो । कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागिहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij