२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले संस्थापकसँग थप ५० प्रतिशत पुँजी माग्यो, यसरी पु¥याउँदैछ ५ अर्ब २० करोड

ई आर्थिक    बुधबार, जेष्ठ ११ २०७९
6.3K
Shares
महालक्ष्मी लाईफ इन्स्योरेन्सले संस्थापकसँग थप ५० प्रतिशत पुँजी माग्यो, यसरी पु¥याउँदैछ ५ अर्ब २० करोड

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्सोरेन्सले माग्यो संस्थापक शेयरधनीहरुसँग थप ५० प्रतिशत पुँजी माग गरेको छ । कम्पनीले बुधबार सूचना जारी गरी ५० प्रतिशत बापतको थप रकम जम्मा गर्ने ३० दिने सूचना जारी गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको ५९ औँ बैठकको निर्णयले थप पुजी जम्मा गर्नका लागि सूचना निकालिएको छ । यसका लागि असार ९ गतेसम्म संस्थाको केन्द्रिय कार्यालयमा आएर बुझाउनका लागि अनुरोध गरेको छ ।

संस्थाको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बीमा समितिले चुक्ता पुँजी ५ अर्ब पुर्‍याउने नीति लिएको छ ।

बीमा समितिले तोकेको पुँजी पुर्‍याउनका लागि संस्थापकबाट हालको पुँजीमा ५० प्रतिशत थप गरेर ७० करोड, सर्वसाधारणमा शेयर निष्काशन गरेर ९० करोड र १० प्रतिशत बोनास सहितको मर्जर कम्पनीबाट प्राप्त हुने रकम २ अर्ब २० करोड गरी संस्थाको पुँजी ५ अर्ब २० करोड पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij