२०८३ साउन १० आइतबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिमको आयोजना

ई आर्थिक    आइतबार, कार्तिक २० २०७९
15.5K
Shares
महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिमको आयोजना

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण सम्बन्धी निवारण आयोजना गरेको तालिम सम्पन्न गरेको छ ।

कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम कार्तिक १८ गते चितवनको सौराहा स्थित होटल ल्याण्डमार्कमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका विभिन्न ३४ शाखा–उपशाखामा कार्यरत ३४ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो ।

गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्पत्ति शुद्धिकरणको प्रक्रिया र औचित्य बारेमा जानकारी गराए ।

साथै कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij