२०८३ साउन १२ मंगलबार

ग्वार्कोमा बन्ने फ्लाइओभरको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीलाई

ई आर्थिक    शुक्रबार, माघ ७ २०७८
8K
Shares
ग्वार्कोमा बन्ने फ्लाइओभरको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीलाई

ई–आर्थिक, काठमाडौं । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ बन्ने भएको छ । उक्त ‘फ्लाइओभर’ निर्माणको जिम्मा एम÷एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ ।

अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति अनुरूप ग्वार्कोमा ‘फ्लाइओभर’ बन्दैछ । सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि सोी निर्माण कम्पनीलाई छनोट गरिएको हो ।

फ्लाइओभर निर्माणका प्रस्ताव हाल्ने नौ कम्पनीमध्ये १७ करोड रुपियाँमा एम/एस आशिष समानान्तर रेलिगर जेभीले ठेक्का पाएको हो ।

प्रस्तावित ठेक्का रकमभन्दा ३८ प्रतिशत कम रकममा ठेक्का लागेको समाचार स्रोतले उल्लेख गरेको छ । ठेक्काका लागि आठवटा कम्पनी आर्थिक प्रतिस्पर्धामा थिए ।

अबका १५ दिनभित्र ठेक्का सम्झौता भई काम प्रारम्भ हुने सो स्रोतले उल्लेख गरको छ । फ्लाइओभरको ड्रोइङ तथा डिजाइन निर्माण कम्पनीले नै गर्ने संझौतामा उल्लेख छ ।

यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण गरिन लागेको हो । यसका लागि चार महिना छुट्याइएको छ ।

सवारीसाधनका लागि फ्लाइओभर बनेपछि ट्राफिक जाम कम हुन्छ । काठमाडौँ उपत्यकाका सडकमा यातायात व्यवस्थापनका लागि २० स्थानमा फ्लाइओभर निर्माण आवश्यक रहेको सडक विभागले जानकारी दिएको छ ।

विभागका अनुसार त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, शहीदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोङ्गबु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जडीबुटी, बल्खुलगायत स्थानमा फ्लाइओभर आवश्यक छन् । ती स्थानहरुमा क्रमशः ‘फ्लाइओभर’ निर्माण गरिदै लगिने रणनीति रहेको बझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij