२०८३ साउन ९ शनिबार

भारतमा ओमिक्रोनको संख्या बढ्दै गएपछि नयाँ दिल्लीमा फेरि रात्रिकालीन कर्फ्यू

ई आर्थिक    सोमबार, पौस १२ २०७८
2.9K
Shares
भारतमा ओमिक्रोनको संख्या बढ्दै गएपछि नयाँ दिल्लीमा फेरि रात्रिकालीन कर्फ्यू

ई–आर्थिक, काठमाडौं । कोभिड संक्रमण ओमिक्रोनको संख्या फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरू बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो ।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ७ हजार जनामा कोभिड संक्रमित भेटिएका छन् । उनीहरूमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

नयाँ दिल्लीबाहेक अन्य शहरहरूमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् । अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लब लगायतका बढी भिडभाड हुने क्षेत्रहरूमा मानिसहरूको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij